नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरूलाई चन्द्र ढकालको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 08:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको पावर समिटको  समापन कार्यक्रममा उनले नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएको स्पष्ट पारे ।

अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरे । “नेपालमा जलविद्युत्लगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने छ । हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरु छिमेकमै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईँलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,” उनले भने।

नेपालले गत वर्ष भारतमा विद्युत् निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उनले बङ्गलादेशको बजारका लागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको बताए । अध्यक्ष ढकालले नेपाल सरकार तथा अन्य सरोकारवालालाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved