नेपालको विजुली अफ्रीका र युरोप पुर्याएर बेच्न सकिन्छ, नेपालमा सुनको बिहानी आउँछ : अध्यक्ष सिंह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 08:38:12 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगका अध्यक्ष डिल्ली बहादुर सिंहले नेपालले विजुली युरोप र अफ्रीकासम्म पुर्याउन सकिने बताएका छन् । उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको पावर समिटको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको विजुली युरोप र अफ्रीकासम्म पुर्याएर देशलाई सम्बृद्ध बनाउन सकिने बताएका हुन् । 

 भारतीय प्रधानमन्त्रीले 'वान वल्ड, वान ग्रिड' को अवधारणा अघि सारेको र सोहि अवधारणा अनुसार  नै नेपालको विजुली युरोपसम्म पुर्याउन सकिने अध्यक्ष सिंहले उल्लेख गरेका हुन् । उनका अनुसार केहि समय अगाडी इन्डिया स्मार्ट ग्रिड फोरमको आयोजनामा यस बारे छलफल समेत भैसकेको छ । दक्षिण एसियाको ग्रिड, गल्फ ग्रिड, र एसियन ग्रिड कनेक्ट गर्न सकिने सो छलफलको निष्कर्ष रहेको अध्यक्ष सिंहले सुनाए 

अध्यक्ष सिंहका यस बृहतर योजनाको सुरुवात भने बिबिआइएन ग्रिड अर्थात् बंगलादेश, भुटान, इन्डिया र नेपालको ग्रिड कनेक्ट गराएर सुरु हुने छ । त्यसपछि यस ग्रिडलाई म्यान्मार हुँदै थाईल्याण्ड कनेक्ट गरिने छ । त्यसपछि एसियन ग्रिडलाई सिंगापुर कनेक्ट गर्न सकिने उनले उल्लेख गरे । त्यस्तै एसियन ग्रिडलाई अफगानिस्थान, पाकिस्तान र ओमान हुँदै युएईसम्म पुग्ने उनले बताए । युएई पुगेको ग्रिडलाई युएईबाट अफ्रीका जोड्न सकिने र युएईबाट नै ग्रिडलाई अफ्रीका जोड्न सकिने उनको भनाई थियो । त्यसपछि युएईबाट टर्की हुँदै सो ग्रिडलाई युरोपसम्म जोड्न सकिने अध्यक्ष सिंहले बताए 

यसो हुँदा नेपालको बिजुली सिधै अफ्रीका र युरोपसम्म पुग्ने उनको भनाई थियो । यसो हुँदा बिजुली बेचेर नेपाल समृद्ध हुन सक्ने र नेपालको ८० हजार मेगावाटको भनिएको क्षमता २ लाख मेगावाटसम्म उत्पादन गर्न सकिने अध्यक्ष सिंहले दाबी गरे 

यसो हुनलाई केहि दशक लाग्ने भएपनि गन्तब्य भने त्यहि नै रहेको उनले उल्लेख गरे । ग्रिड बनेर नेपालको बिजुली अफ्रीका र युरोप पुग्ने १०/१५/२० वर्ष वा त्यो भन्दा पनि बढी लाग्न सक्ने भए पनि त्यसलाई नै गन्तब्य मानेर काम गर्नु पर्ने उनले बताए 

त्यसो हुँदा महाकवि लक्ष्मी प्रसाद देवकोटाले भने जस्तै नेपालमा सुनौलो बिहानी आउने अध्यक्ष सिंहको भनाई थियो। तर त्यसको लागि सबैले दिनरात मेहनत गर्नु पर्ने उनले बताएका छन् 

सन् २०२७ मा नेपाल वर्ष भरि नै विद्युतमा आत्मनिर्भर हुने भएकोले विजुली निर्यात गर्नु पर्ने अवस्था रहेको उनले उल्लेख गरे 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved