म्याग्दी हाइड्रो र नागरिक उर्जा वुटवल लिमिटेड मर्ज हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 08:33:23 AM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दी हाइड्रोपावर लिमिटेड र नागरिक उर्जा वुटवल लिमिटेड मर्ज हुने भएका छन्। म्याग्दी हाइड्रोले मर्जरको प्रस्ताव सहित जेठ २ गते विशेष साधारणसभा आह्वान गरेको छ।

हाल म्याग्दी हाइड्रोमा उर्जा बुटवल लिमिटे को ९९.९९ प्रतिशत शेयर लगानी रहेको छ । 

यस्ता छन् कम्पनीको विशेष साधारणसभामा पेश हुने प्रस्तावहरु:

१. प्रबन्ध पत्रको दफा ६ को (क), (ख), (ग), (घ), (ङ) र (च) संशोधन गर्ने सम्बन्धमा ।

२. यस कम्पनी र नागरिक उर्जा वुटवल लिमिटेड (लि.नं. १२६६१४) एक आपसमा मर्ज (गाभ्ने/गाभिने ) मा जानको लागि प्रक्रिया अगाडि बढाउने, सोको लागि समझदारी पत्र तर्जुमा गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्नको लागि मूल्याङ्गकर्ता लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारीश्रमिक तोक्ने, विद्युत नियमन आयोग लगायतका नियामक निकायबाट स्वीकृति लिने लगायत मर्ज (गाभ्ने/गाभिने ) मा जानको लागि गर्नुपर्ने प्रक्रिया अबलम्बन गरी कम्पनी एक आपसमा मर्ज गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३. प्रबन्ध पत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने, नियामक निकायहरूबाट थपघट/फेरबदल/परिमार्जन गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न वा अभिलेख गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
,

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved