बंगलादेशमा बिजुली बेच्ने वातावरण बनाइदिन निजी क्षेत्रको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 03:34:38 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रले बंगलादेशमा विद्युत व्यापार गर्न आफूहरु तयार र सक्षम रहेको भन्दै यसका लागि नीतिगत व्यवस्था गरिदिन माग गरेको छ । परराष्ट्र मन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा ढाकास्थित नेपाली दुतावासमा आयोजित छलफलमा निजी क्षेत्रबाट सहभागी प्रतिनिधिले देशभित्र जलविद्युत उत्पादन बढ्दै गइरहेकाले बंगलादेशको माग बमोजिम विद्युत व्यापार गर्ने वातावरण तयारका लागि पहल गर्न अनुरोध गरेका हुन् । 

निजी क्षेत्रलाई अवसर दिएर दुई देशबीच अन्तरदेशीय विद्युत व्यापारको ढोका खुल्ला गरिदिँदा आफूहरु या जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको बताएका छन् । नेपाल उद्योग परिसंघको ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का कार्यसमिति सदस्य उत्तम ब्लोन,अविज्ञा मल्ल, ऊर्जा उद्यमी बटु लामिछाने लगायत सहभागी थिए ।

इपानको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै सदस्य ब्लोनले नेपालको आन्तरिक विद्युत उत्पादन बढ्दै गएकाले सन् २०२३ मा १ हजार ७१ मेगावाट, सन् २०२४ मा १७ सय ८३ मेगावाट, सन् २०२५ मा २८ सय १७ मेगावाट, सन् २०२६ मा २९ सय ५९ मेगावाट र सन् २०२७ मा ३५ सय ७६ मेगावाट बिजुली खेर जाने अवस्था आउन लागेकाले दुई देशले नेपालको विद्युत खरिद–बिक्री गर्न आवश्यक प्रक्रियाको थालनी गर्नुपर्ने बताएका छन् । 

निजी क्षेत्रले अहिले ३२ सय २३ मेगावाटका १३३ विद्युत आयोजना निर्माण गरिरहेको र १९ सय २ मेगावाटका ९१ विद्युत आयोजना निर्माण हुन लागेको बताउँदै उनले अन्दरदेशी विद्युत व्यापारको ढोका खुल्ने वितिक्कै निकासी थाल्न सकिने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved