नेपालको ५० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 09:31:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेश नेपालको बिजुली किन्न सहमत भएको छ । वैशाख २ गते बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५औँ बैठकमा बंगलादेशले नेपालबाट ५० मेगावाटसम्म बिजुली खरिद गर्न सहमति जनाएको हो । 

अब नेपाल विद्युत प्राधिकरण, एनटीपीसी, विद्युत व्यापार निगम, भारत र बंगलादेशका पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएपछि नेपाली बिजुली बंगलादेशमा निकासी हुनेछ । 

बैठक नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र बंगलादेशबाट विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान सहभागी थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved