हाइड्रोले बिजुली बेचेको बिल अब कुलमानलाई नभई उप कार्यकारी निर्देशकलाई बुझाउनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 08:31:55 AM मा प्रकाशित

laxmi  sunrise bank

जलविद्युत कम्पनीहरुले विद्युत बेचेको बिल अब नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक समक्ष बुझाउनु पर्ने भएको छ । यस अघि कम्पनीहरुले कार्यकारी निर्देशकलाई नै बिल बुझाउने गरिएकोमा अब प्राधिकरणका अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशकलाई बिल बुझाउने व्यवस्था गरिएको प्राधिकरणले जनाएको हो।

प्राधिकरणका अनुसार निजी ऊर्जा प्रवर्द्धकहरूद्वारा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता गरी सञ्चालनमा ल्याइएका विद्युत आयोजनाहरूबाट उत्पादित विद्युत ऊर्जा बापतको रकम भुक्तानीका लागि पेस हुने बिल सम्बन्धित आयोजनाहरूको अपरेटिङ प्रोसिजर अनुसार प्राधिकरणको विभिन्न निकायमा पेस हुँदै आएको थियो । सो प्रक्रियालाई सारल बनाउने हेतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठ १७ गते निर्णय गरि निजी ऊर्जा प्रवर्द्धकहरूबाट पेस हुने बिल ( सम्पूर्ण अट्याचमेन्ट सहित) कार्यकारी निर्देशक समक्ष नगरी अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक समक्ष पेश गर्नु पर्ने व्यवस्था गरेका हुन्।

प्राधिकरणका अनुसार पेश गरिएको विवरणको  बोधार्थ आवश्यक कागजात सहित विद्युत व्यापार विभागलाई समेत दिनु पर्ने छ।

हेर्नुस् सूचना 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved