चिनियाँ व्यवसायी र बैंक पनि नेपालको हाइड्रोमा लगानी गर्न तयार रहेको पाईयो : अध्यक्ष कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2023 | 09:57:53 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले चिनियाँ बैंक र चिनियाँ व्यवसायी नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गर्न तयार गरेको पाईएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको चीन भम्रणमा सहभागी भएर स्वदेश फर्किएपछि अध्यक्ष कार्कीले चिनियाँ व्यवसायी मात्र नभई चिनियाँ बैंक पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको देखिएको बताएका हुन् ।

यसको लागि सरकारले आवश्यक वातावरण बनाउनु पर्ने उनको सुझाव छ । सरकारले सहजीकरण गर्न सकेको खण्डमा चिनियाँ बैंक पनि नेपालमा आएर लगानी गर्न तयार रहेको पाईएको उनले बताए ।

भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीपछि  जिलोङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गर्ने समझदारी भएको छ। त्यस प्रसारणलाइनबाट ५ देखि ६ सय मेगावाट बिजुली चीन पठाउन सकिने अपेक्षा गरिएको छ अध्यक्ष कार्कीले चिनियाँ पक्ष प्रसारण लाइनमा पनि लगानी गर्न तयार देखिएको पाईएको बताए 

यद्यपि बिजुली निर्यातको भारतमा जस्तो चीनसँग धेरै सम्भावना नभएको अध्यक्ष कार्कीको भनाई छ । उनका अनुसार बिजुली बेच्नको लागि भारत मै बढी जोड गर्नु पर्छ । चीनलाई बिजुली दिएर भारतलाई चिढ्याउने नभई चीनले पनि अलिकति माग गरेकोले उसलाई पनि दिएको संदेश जाने गरि विद्युत ब्यापार गर्न सकिने उनी बताउछन् । नेपालको ठूलो सम्भावना भारत तथा भारत हुँदै बंगलादेश तर्फ नै रहेकोले त्यसतर्फ बढी जोड गर्नु पर्ने अध्यक्ष कार्कीको भनाई छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष राम प्रसाद आचार्य चीन भम्रणमा सहभागी भएका थिए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved