अपर तामाकोशीको लागत ८९ अर्ब ५० करोड पुग्यो, लगानीकर्ताले कहिले पाउलान लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 02:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको लागत ३५ अर्बबाट ८९ अर्ब ५० करोड पुगेको छ ।  कम्पनी सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ्गले पन्ध्रौं साधारणसभामा पेस गरेको विवरण अनुसार कम्पनीको शुरुवातमा अनुमान गरेको लागत भन्दा साढे दुई गुणा बढी लाग्ने भएको हो ।

४५६ मेगावाटको यो आयोजनाको २०७५ सालमा कुल अनुमानित  लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ गरिएको थियो भने साढे ५ वर्षमा निमार्ण सम्पन्न गर्ने लक्ष्य थियो । तर २०७२ सालको भुकम्प, तराइ आन्दोलन, कोभिड १९ लगायतका कारणले निमार्ण सम्पन्न गर्न १० वर्ष लागेको अध्यक्ष घिसिङ्गले बताएका छन् । तत्कालिन समयमा विदेशी मुद्राको सटही ८० बाट १३० रुपैयाँ पुग्दा १० अर्ब रुपैयाँ, निमार्ण अवधिको ब्याज २० अर्ब र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा निमार्ण सामग्रीको मुल्य वृद्धिका कारण थप ५ अर्ब गरी ३५ अर्ब लागत थपिएका बताइएको छ । 

त्यस्तै आयोजना निमार्णकालागि करिब ७० किलोमिटर सडक र ४७ किलोमिटर लामो २२० केभी प्रसारण लाइन र न्यून खिम्ति सवस्टेशन निमार्णको लागत सहित आयोजनाको कुल पूँजी ८९ अर्ब ५० करोड रुपैयाँ पुगेको विवरण सभामा पेश भएको छ ।

कुल लागत बढेपनि प्रति मेगावाटका हिसाबले १९ करोड ५० लाख रुपैयाँ मात्रै लाग्ने हुँदा अन्यको तुलनामा महँगो नभएको अध्यक्ष घिसिङ्गको दाबी छ । 

४५६ मेगावाट क्षमताको यस आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत गरी संस्थागत तर्फ ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । जसमध्ये चारवटा यी संस्थापक सदस्यको मातहतमा ५ करोड ४० लाख ९ हजार कित्ता शेयर रहेको छ भने बाँकी ४१ प्रतिशतमध्ये दोलखाका स्थानीयबासी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, प्राधीकरणका कर्मचारी तथा सर्वसाधारणको रहेको छ । 

कम्पनीले २०७५ मा सर्वसाधारणमा प्राथमिक शेयर आइपीओ निष्कासन गरेर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत समेत भइसकेको छ । 

लगानीकर्ताले कहिले पाउलान लाभांश ?

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको जलविद्युत आयोजना स्वदेशी पूँजी लगानीमा निर्माण गर्ने ठूलो कम्पनी हो । यसबाट तत्कालै लाभांश पाउने अवस्था नरहेको अध्यक्ष घिसिङ्गले स्पष्ट पारेका छन् । उनले लाभांश मात्रै नभएर क्यापिटल गेनबाट लगानीकर्ताले लाभ सक्ने लिन बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved