मन्दाकिनी हाइड्रोपावरले निर्माण गर्ने माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । मन्दाकिनी हाइड्रो र नेपाल विद्युत प्राधिकरणबीच मङ्सिर १३ मा पीपीए सम्झौता भएको हो ।
सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष शरद कुमार दाहालले हस्ताक्षर गरेका छन् पीपीए भएसंगै कम्पनीको आयोजना अब निर्माण चरणमा जाने छ । २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजना कास्कीमा रहने छ ।
हाल कम्पनीले कास्कीको सार्दी खोला मै ४ मेगावाटको सार्दी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि व्यापारिक उत्पादन गरिरहेको छ।