विद्युत विकास विभागले काम सुस्त देखिएका ५५ हाइड्रोका साहुलाई बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 02:23:19 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत विकास विभागले ५५ वटा जलविद्युत आयोजनाका प्रबर्दक कम्पनीलाई लिखित जवाफ सहित प्रस्तुतीकरणको लागि बोलाएको छ । विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (Generation License) जारी भएका तर लामो समयसम्म पनि भौतिक प्रगति न्यून देखिएका आयोजनाका प्रबर्दकहरुलाई विभागले बोलाएको हो ।

विभागले  हालसम्मको भौतिक तथा वित्तीय प्रगति समेटिएको लिखित जवाफको साथै प्रस्तुतीकरणको लागि उपस्थित हुन भनेको छ। विभागले प्रबर्दक कम्पनीलाई छुट्टाछुट्टै समय तोकेर लिखित जवाफ र प्रस्तुतीकरणको लागि बोलाएको हो ।

यस क्रममा विभागले नेपाल विद्युत प्राधिकरणलाई पनि बोलाएको छ । प्राधिकरण प्रबर्दक रहेको अपर मोदी ए, र अपर मोदी क्यासकेड आयोजनाको काम सुस्त रहेको विभागले जनाएको छ । त्यस्तै विभागले बुटवल पावर कम्पनीलाई पनि बोलाएको छ । बुटवल पावरको लोवर मनाग मर्स्याङ्दी आयोजनाको भौतिक प्रगति न्यून रहेको विभागले उल्लेख गरेको छ । विभागका अनुसार सबै प्रबर्दकले विभाग कै कार्यालयमा उपस्थित  भएर लिखित जवाफको साथै प्रस्तुतीकरण दिनु पर्ने छ ।

हेर्नुस् विभागले बोलाएका प्रबर्दक कम्पनीहरु :



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved