हाइड्रोले ऋण नतिरेसम्म प्रमोटरले सबै शेयर बेच्न नपाउने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 04:07:50 PM मा प्रकाशित

laxmi  sunrise bank

संसद्को सार्वजनिक लेखा समितिले हाइड्रो कम्पनीको लकइन अवधि सकिएपछि पनि आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम हुने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम रहने गरी व्यवस्थापन गर्न  धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।

जलविद्युत लगायतका आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत लगानीकर्ताको लागि तीन वर्षको लकइन अवधि राखिएतापनि त्यस्ता आयोजना निर्माण सम्पन्न नहुँदै र नाफा नदिंदै आधारभूत लगानीकर्ता लकइन अवधि सकिनासाथ शेयर बिक्री गरी बाहिरिने क्रमले आयोजना निर्माण नै प्रभावित हुनुका साथै प्रतिफल समेत दिन नसकेको देखिएकोले यो निर्देशन दिइएको समितिले जनाएको छ ।

समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालको सम्पति छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले हमालको सम्पति छानबिन गर्नको लागि सम्पति सुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिने निर्णय गरेको हो । त्यस्तै बैठकले  प्रिमियम मूल्यमा जारी भएका आइपीओको औचित्य र मूल्याङकन माथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ।  ।

बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणसँग छलफल गरेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved