१२ वर्ष भित्र २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छः उर्जामन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 06:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आगामी ४ महिनाभित्र ५ सय मेगावट विद्युत् उत्पादन हुने दाबी गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा देशले फड्को मारिरहेको बताएका हुन् । 

१९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट, २०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा २०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत् उत्पादन भएको उर्जामन्त्री बस्नेतको भनाइ छ । 

‘अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भएको छ, अबको ३ देखि ४ महिना भित्रमा हामी ३४ देखि ३५ सय मेगावट विद्युत् पुर्याउँदै छौँ’ उनले भने, ‘त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय विद्युत् उत्पादन भैसकेको छ ।’

उनले आगामी १२ वर्षमा २८ हजार विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको उक्त लक्ष्य पूरा हुने समेत बताए । 

‘हामी २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेर अगाडि बढेका छौँ आगामी १२ वर्ष भित्रमा त्यो लक्ष्य हासिल हुन्छ’ मन्त्री बस्नेतले भने । 

प्रत्येक १ हजार मेगावाट विद्युत् देशमा उत्पादन हुँदा त्यहाँ ३० हजार नागरिकलाई रोजगारी सिर्जना हुने भनाई उनको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved