फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 07:21:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 कालिकोटमा निर्माण हुन लागेको चार सय ८० मेगावाटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाबाट  प्रभावित क्षेत्रका स्थानीयले पाउने मुआब्जा रकम वितरण अन्तिम चरणमा पुगेको छ । खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिकाका स्थानीयको घर, जग्गा र टहराको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको हो । 

जलविद्युत् आयोजना निर्माण हुने सान्नी त्रिवेणी गाउँपालिकाको सिस्नेगडा ड्यामसाइडदेखि डुबान क्षेत्र पचाल झरना गाउँपालिकाको भुराबगरसम्मको एक हजार २० रोपनी जग्गाको मुआब्जा रकम वितरण गरिएको हो । 

जिल्ला प्रशासनले सूचना प्रकाशन गरी अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको फुकोट कर्णाली अर्धजलाशय जलविद्युत् आयोजनाका प्रमुख डम्बर उप्रेतीले बताए । “जिल्ला प्रशासन कार्यालयले विभिन्न चरणमा बि.स.२०७६ सालदेखि जग्गाको लगतकट्टा गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।” उनले भने, “अब जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ ।” 

फुकोट कर्णाली जलविद्युत् आयोजनाकोे मुआब्जा रकम निर्धारण भएको रु ५५ करोडमध्ये हालसम्म रु ५० करोड रकम वितरण भइसकेको प्रमुख उप्रेतीले बताए । “केही घरटहराको मुआब्जा दिन बाँकी छ, धेरैजसो वितरण भइसकेको छ, यो वर्ष विनियोजित रु १३ करोडमध्ये रु तीन करोड वितरण गरिसकेका छौँ ।”, प्रमुख उप्रेतीले भने , “अन्य ठाउँका लागि निवेदन सङ्कलन भइरहेको छ ।” 

मुआब्जा वितरणको काम जिल्ला प्रशासनले तीन वर्षदेखि निरन्तर गरिरहेको सहायक प्रमुख जिल्ला सरोज अधिकारीले बताए । आयोजनाले सानी त्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा पाँच सय २० मिटरको परीक्षण सुरुङ खनेर एक सय ६० मिटर अग्लो बाँध निर्माण गरी १३ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved