स्याङ्जामा चाडपर्वलक्षित बजार अनुगमन र सुरक्षा योजना बनाएर काम गरिरहेका छौं – नमिता रेग्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 03:32:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अरूबेला भन्दा चाडपर्वमा सुरक्षा र खाद्य अनुगमनको तीव्र आवश्यकता पर्ने गर्छ । किनमेल बढी हुने भएकाले खाद्य सामग्री भन्दै अखाद्य चीजवस्तुहरूको बिक्री बढ्ने गर्छ ।

राजधानी काठमाडौँ र अन्य मुख्य शहरमा भएका गतिविधिहरू सञ्चार माध्यमको आँखामा पर्ने गर्छ । तर अन्य जिल्लाहरूमा पनि राज्यको शक्तिशाली निकाय जिल्ला प्रशासन कार्यालयले त्यही रूपमा योजना बनाएर अघि बढिरहेका छन् ।

११६४ वर्ग किलोमिटर क्षेत्रफल भएको स्याङ्जामा ११ पालिका रहेका छन् । ३ लाख भन्दा बढी जनसंख्या भएको स्याङ्जा जिल्ला नेपालकै सुन्दर जिल्ला हो ।

स्याङ्जा जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर त्यहीअनुसार कार्यान्वयन गरिरहेको बताएको छ ।

स्याङ्जा जिल्लाको अवस्थाबारे निमित्त प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले बिजपाटीसँग भनिन्, 'चाडपर्व लक्षित सुरक्षा योजना बनाएर त्यहीअनुसार कार्यान्वयनमा गइरहेका छौं ।'

उनले दशैं, तिहार तथा छठ जस्ता चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, डकैती जस्ता अवान्छित क्रियाकलापहरू नियन्त्रण गर्न प्रशासन सक्षम र तयार भएको बताइन् ।

'धार्मिक सांस्कृतिक उत्सवका क्रममा हुनसक्ने सम्भावित झैझगडा, गैर-कानूनी रूपमा संचालित चिट्ठा र अनलाइन सपिङका नाममा हुने ठगी समेतबाट जोगिन हामीले सर्वसाधारणलाई सूचित गरिसकेका छौं,' रेग्मीले भनिन् ।

उनले बजारबाट वस्तु तथा सेवाको उपभोग गर्दा गुणस्तर र मूल्यसूची समेतलाई ध्यान राख्न आम सर्वसाधारणलाई अनुरोध गरेको बताइन् ।

'हामीले सर्वसाधारणको हीतविपरित कुनै पनि गैर-कानूनी तथा अवान्छित क्रियाकलाप भए गरिएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने भनेर सूचनासमेत निकालिसकेका छौं,' रेग्मीले बिजपाटीसँगको संक्षिप्त कुराकानीमा भनिन् ।

आफूहरूले उद्योग वाणिज्य संघ र अन्य निकायको सहयोगमा बजार अनुगमनका गरिरहेको साथै त्यसक्रममा मूल्य सूची नराखिएको, मिति गुज्रिएका सामानहरू, अखाद्य सामानहरू बेचिएको पाइएमा कारवाही गर्ने गरेको बताइन् ।

जम्मा ११ वटा पालिका मध्ये ५ वटा पालिका वालिङ इलाकाअन्तर्गत र ५ वटा जिल्ला प्रशासन अन्तर्गत पर्ने गर्छन् । सम्बन्धित स्थानीय तहको समन्वयमा स्याङ्जा जिल्ला प्रशासन कार्यालयले आफ्नो काम गरिरहेको रेग्मीको भनाइ छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved