अघिपछि जो जता भएपनि दशैँमा परिवारिक माहोल हुन्छ, यो नै विशेष लाग्छः सीईओ लम्साल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 12:34:46 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष हुन् बसन्त लम्साल । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका लम्साल अहिले चितवनमा छन् । उनको कार्यालय नै चितवनमा हो । उनी दशैँ मनाउन केही दिनमा काठमाडौँस्थित घर फर्किदैछन् ।

घुमफिरमा असाध्यै रुची राख्ने सीईओ लम्साल यसपाली दशैँमा भने बाहिर कतै जाने तयारीमा छैनन् । केही दिन अगाडी मात्रै लामो बिदामा धेरै ठाउँ घुमेर फर्किएकाले दशैँको बिदामा घुमफिरको नयाँ योजना नरहेको लम्साल बताउँछन् ।

‘केही दिन अगाडी मात्रै लामो घुमाई भयो, दशैँको बेलामा यसपाली बाहिर जाने नयाँ योजना छैन’ सीईओ लम्सालले भने, ‘दशैँको लागि काठमाडौँ आउँछु, परिवारसँगै बसेर दशैँ मनाउने हो ।’

उनका छोरा अध्ययनको शिलशिलामा अष्ट्रेलिया छन् । अष्टमीको दिन दशैँ मनाउन काठमाडौँ आइपुग्दै छन् । डाक्टर अध्ययन गरिरहेकी छोरी पनि काठमाडौँस्थित घरमै छिन् । अहिले उनी आफू चितवन, छोरा अष्ट्रेलिया भएपनि काठमाडौँस्थित घरमा भने श्रीमती र छोरी सँगै छन् । 

यसपाली छोरा पनि आउने भएकाले लम्सालले यसपालीको दशैँलाई पारिवारिक मिलनको अवसरका रुपमा लिएका छन् । 

‘दशैँ परिवारका सदस्यहरु सँगै भएर मनाउने चाड हो, पारिवारिक मिलनको एउटा अवसर हो, अघिपछि जो जता भएपनि दशैँमा घरमा एकैसाथ रहने नै यो चाडको विशेषता हो’ उनी भन्छन्, ‘यसपाली मेरो पनि परिवारसँगै रहेर दशैँ मनाउने योजना छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved