सिभिल मलमा सपिङ गर्दा टिभिएसको एन्टर्क आरटिएफआइ स्कुटर उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 02:43:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल मलले दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष उपहार योजना ल्याएको छ । मलका अनुसार दशैंतिहारमा सपिङ गर्ने उपभोक्ताले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका  इलेक्ट्रोनिक आइटम, जाम्न डटकमको तर्फबाट पोखराका लागि राउन्ड ट्रिप प्याकेज, दिनहुँ गिफ्ट भौचर र नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मलले एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यो उपहार योजना असोज ८ गतदेखि कात्र्तिक २६ गतेसम्म लागू हुनेछ । चाडपर्वलाई लक्षित गरी मल बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएसको एन्टर्क आरटिएफआइ स्कुटर पाउने सिभिल मलका मार्केटिङ म्यानेजर ठकुरीले बताए । सिभिल मल टिकटक च्यालेन्जमा साप्ताहिक रुपमा आकर्षक पुरस्कारहरू पनि प्रदान गरिने मलले जनाएको छ । मलले हरेक वर्ष दशैं र तिहारको अवसर पारेर उपहार योजनाहरु ल्याउने गर्छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved