हिन्दूहरूको महान पर्व दशै नेपालमा
मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मालम्बीहरुले
आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी
दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिबाद ग्रहण गर्छन् ।
आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा
राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ । प्रतिपदा
देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा,
स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा
गरिन्छ ।
नवरात्रीभर सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा,
महाकाली, महालक्ष्मी
र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले
नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पुजा गर्छन् ।
छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दशै
मनाइन्छ । भारतमा विशेषगरि नवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको
क्षेत्रमा टिका लगाइन्छ ।
पश्चिम बंगालमा दसैं नव दुर्गा पूजाको आरधना गरेर
मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।
आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसै मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन धन र
समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी
देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ ।
गुजरातमा दसैको अवसरमा गरबा नृत्य
गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुइवटा
साना–साना रंगाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घूमेर नृत्य
गर्दछन।
त्यस्तै, महाराष्ट्रमा पनि देवीको पुजा आराधना गरेर मनाइन्छ ।
कश्मीरका अल्पसंख्यक हिन्दूले
नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ
भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन् । नवरात्रीमा तालको बीचमा
रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ ।
भारतबाहेक वंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दसैं
मनाइन्छ । मनाउने शैलीे केही फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आरधना गर्छन् ।
करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दसै
मनाइन्छ । नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु,
कलामयो, ताउनगीमा
दसैं मनाइन्छ ।
वर्मापछि वंगलादेशमा पनि दसैं मनाइन्छ । १६ करोड
जनसंख्या भएको वंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मालम्बी छन् । त्यहाँ भएका हिन्दु
धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन् । वंगलादेश बस्ने नेपालीबाहेक अन्यले
भने टिका लगाउँदैनन् ।
त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको
श्रीलंकामा पनि हिन्दुहरूले दसैं मनाउँछन् ।