होलसेल मै १२५० पुग्यो एक किलो जिराको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 02:36:33 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ, तिहार जस्ता मुख्य चाडपर्व नजिकिदै गर्दा बजारमा मसलाको भाउ अत्यधिक बढेको छ । हरेक भान्सामा प्रयोग हुने मसलाको भाउ अत्यधिक बढ्दा उपभोक्ता मारमा परेका छन् ।

एक किलो दाना जिराको भाउ होलसेल मै १२ सय नाघेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार दाना जिराको भाउ बढेर प्रति के.जी १२५० रुपैयाँमा कारोबार भइरहेको छ । गत वैशाखमा ४०० रुपैयाँमा कारोबार हुने दाना जिराको भाउ ५ महिना मै ३ गुणा धेरैले बढेको हो। यो होलसेल मूल्य भएकोले आम उपभोक्ताले दाना जिराको लागि १४ सय सम्म तिर्नु परेको छ ।

त्यस्तै जिरा पाउडरको मूल्य बढेर प्रति के.जी १३०० पुगेको छ । वैशाखमा ५०० रुपैयाँ रहेको जिरा पाउडर खुद्रा मूल्य पनि झन्डै ३ गुणा बढेको छ। 

संघका अनुसार धनिया पाउडरको होलसेल मूल्य बढेर प्रति के.जी ३०० रुपैयाँ पुगेको छ । धनिया पाउडर वैशाखमा प्रति के.जी २६० रुपैयाँमा कारोबार भइरहेको थियो । बेसार पाउडरकोे भाउ पनि बढेर प्रति के.जी ३०० रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार खोर्सानी पाउडरको मूल्य बढेर प्रति के.जी ४५० रुपैयाँ पुगेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved