दशैंकालागि खाद्यले ल्याउदैछ आठ करोडका खसीबोका र च्याङ्ग्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 04:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब साढे आठ करोड खर्चेर दशैंकालागि खसीबोका तथा च्याङ्ग्रा  ल्याउने भएको छ । दशैँका लागि तीन हजार वटा खसीबोका तथा च्याङ्ग्रा काठमाडौं ल्याउने र त्यसका लागि आठ करोड ३६ लाख रुपैयाँ लाग्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिईन् । 

यसमा ढुवानी भाडा, दानापानी तथा घाँस र प्रशासनिक खर्च पनि जोडिएको उनले जानकारी दिईन् । उनका अनुसार असोज २९ गते दुई हजार खसीबोका र एक हजार वटा च्याङ्ग्रा  काठमाडौं आईपुग्ने छ। एक हजार वटा खसीबोका मकवानपुर र एक हजार वटा तुलसीपुरबाट कम्पनीले ल्याउँदै छ । च्याङ्ग्रा भने रसुवाबाट ल्याउने उनले जानकारी दिईन् । 

कम्पनीले खसीबोका तथा च्याङ्ग्रा कतिमा बिक्री गर्ने भन्ने फिक्स भई नसकेको उनले जानकारी दिईन । खसीबोका तथा च्याङ्ग्रा  काठमाडौं ल्याईसकेपछि लागतको आधारमा कुन दर भाउमा बेच्ने भन्ने निर्धारण हुने उनको भनाई छ । कम्पनीको नाफा राख्ने उद्देश्य भने नरहेको उनले प्रष्ट पारिन्। 

असोज २९ गते काठमाडौंमा ल्याइसकेको खण्डमा ३० गतेबाट बिक्री वितरण सुरु गर्ने उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved