असोज २२ गतेबाट खुल्ने भयो दशैँको लागि अग्रिम टिकट बुकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 05:55:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 दशैंका लागि असोज २२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो 

आज शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचछलफल भएको थियो । अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने र कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गर्ने भएको छ ।

साथै बिग्रिएको सडक तत्काल मर्मत गर्ने विभागले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved