दशैँमा २५ लाखले काठमाडौँ छाड्ने अनुमान, विशेष सुरक्षा दिन ५० हजार प्रहरी परिचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2023 | 05:31:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तय गरेको छ । जस अन्तर्गत देशभर ५० हजार ५३० प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । दशैं, तिहार र छठपर्वलाई लक्षित् गर्दै यस्तो कार्ययोजना लागु भएको उनले बताए ।

नागरिकलाई अफ्ठ्यारो परेको खण्डमा सहयोग लिनका लागि देशभर ३५७ वटा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याईएको प्रवक्ता कडायतले बताए । त्यसमध्ये ५० वटा भने नाकाहरुमा रहेको उनको भनाई छ । 

यसैगरी, ट्राफिक प्रहरीले पनि देशभर २७४ वटा यात्रु सहायता कक्षा सञ्चालन गरेको उनको भनाई छ । चाडपर्वमा यात्रा गर्ने यात्रुहरुलाई मध्यनजर गर्दै यस्तो कक्षा सञ्चालनमा ल्याएको उनले जानकारी दिए । 

यसवर्ष २५ लाख मानिसले काठमाडौंबाट घरजाने अनुमान प्रहरीले गरेको छ । यसरी ठुलो जनसंख्या आवतजावतलाई व्यवस्थित गर्न यात्रु सहायता कक्षा सञ्चालनमा ल्यएको उनले बताए । 

सुरक्षित यात्राका लागि प्रहरीको अलवा नागरिकको पनि महत्तपूर्ण भुमिका रहने भन्दै नागरिकले पनि सुरक्षाका उपायहरु अपनाउन उनले आग्रह गरेका छन् । उनका अनुसार, सामाजिक सञ्जालमा यात्राको बारेमा अपडेट नगर्ने, यात्रा गर्दा गाडिमा धेरै सिट भन्दा धेरै यात्रु राखेको खण्डमा र धेरै स्पिड गाडी चलाएको खण्डमा प्रहरीलाई जानकारी दिनु यात्रुको कर्तब्य हो । उनले प्रहरीले भन्दा यात्रु आफै धेरै सजक र सचेत हुनुपर्नेमा जोड दिए । 

छठपर्वका लागि काठमाडौं उपत्यकामा मात्र १२ हजार प्रहरी परिचालित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, उपत्यकामा १४ वटा यात्रु सहायता सहित ३१ वटा नागरिक सहायता कक्षा संञ्चालन गरेको प्रवक्ता कडायतले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved