दशैँको लागि आजदेखि नयाँ नोट सटही सुरु, कहाँ कहाँ पाइन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 08:29:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विगत वर्षमा झैँ यस वर्ष पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकले आज असोज २९ गतेदेखि नोट सटहीको गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र  वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान हुने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटहीको सुविधा लिन सकिने  छ ।

राष्ट्र बैंकले एक जनालाइ रु १००, ५० , २०, १० र ५ रुपैयाँ दरका एक एक बन्डल नोट सटही गर्ने छ । एक बन्डलमा १०० वटा नोट रहन्छ।  यसरी नोट सटही गर्दा एक जनाले कुल १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्न पाउने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved