मङ्गलबारदेखि थापाथलीबाट खसीबोका र च्याङ्ग्रा बिक्री हुने, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 07:38:37 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ । 

उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन्। 

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved