इसेवाबाट चाडपर्वको समयमा कारोबार गर्दा ३ वटा यामाहा मोटरसाइकल जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 08:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank
इसेवाले नेपालीहरूको महान चाड दशैँ तिहारलाई मध्यनजर गर्दै “इसेवा डिजिटल उत्सव”- हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा रु ३७९,९०० मूल्यको Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल जित्न सकिने इसेवाले जनाएको छ।

यसैगरी इसेवा मार्फत ३७.९९ रूपैयाँ खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा  दुई जनाले Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल जित्न सक्नेछन्। 

इसेवाका अनुसार इसेवा डिजिटल उत्सव अफर अन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन्। साथमा कार्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा Cashback पाउने अफर पनि राखेको छ । त्यसै गरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले RealMe 11x 5G पाउने इसेवाले जनाएको छ।

त्यसका साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले रु ३०० सम्मको Cashback तथा CG Digital को टिभी समेत जित्न सक्ने इसेवाले उल्लेख गरेको छ। बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन्। इसेवामा आवद्ध व्यवसायीहरूले सेमत ग्राहकहरू मार्फत क्यू-आर(QR)  भुक्तानी लिँदा वासिंग मेसिन, एयर फ्रायर, स्याण्डविच मेकर लगायतको उपहार जित्न सक्ने इसेवाले जनाएको छ।

इसेवाले भनेको छ 'अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग समेत जित्न सक्नेछन्। विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदार मार्फत इसेवा वालेटमा रु ५ हजार भन्दा बढीको भुक्तानी पाउने सबैले टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा पक्का Cashback का लागि प्रोमो कोड प्राप्त गर्नेछन्। 

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७८ लाख बढी ग्राहकले सेवा लिइरहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved