दशैँको लागि डीडीसीको दुग्धजन्य सामग्रीमा छुट, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 08:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वको लागि दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केहि छुट भएको छ। कृषिमन्त्री डा बेदुराम भुसालले आसन्न राष्ट्रिय पर्वहरूका अवसरमा आम उपभोक्तालाई राहत पुगोस् भनी दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको जानकारी दिए । 

संस्थानबाट उत्पादित दूधमा रु दुई छुटसहित प्रति लिटर ९५ रुपैयाँ, दहीमा रु २० छुटसहित प्रतिलिटर एक सय ७० रुपैयाँ, पनिर आधा केजीमा रु ५० छुटसहित ४५० रुपैयाँ तथा नौनी र घ्युउमा प्रति केजी रु सय छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रुपैँयाका दरले चाडपर्व लक्षित मूल्य कायम  गरिएको छ ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved