१० रुपियाँ छुट दिएर खाद्यले सुरु गर्यो खसीबोका तथा च्याङ्ग्रा बिक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 09:38:38 AM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि आज मङ्गलबारदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री थालेको छ । कम्पनीले  कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन्। 

उनका अनुसार जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० रुपियाँ मूल्य निर्धारण गरिएको छ ।  उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । छुटपछि खसीबोमा प्रतिकेजी ६७० र च्याङ्ग्रा एक जहार २५० रुपैयाँमा किन्न पाईन्छ । 

हालसम्म ४८६ वटा खसीबोका र ३७० वटा च्यांङ्ग्रा काठमाडौं ल्याईसकिएको उनको भनाई छ । खाद्यले देशका विभिन्न स्थानबाट खरिद गरेर काठमाडौं ल्याउँदासम्म लाग्ने खर्चको हिसाब गरेर मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ  । 

सोमबारदेखि कम्पनीले खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्र्याउन थालेको हो । २ हजार वटा खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं ल्याउने कम्पनीले योजना बनाएको छ । तर, मागका आधारमा यो संख्या घटबढ हुने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved