नयाँ नोट साट्न राष्ट्र बैंकको पोखरा कार्यालयमा पनि क्युआर सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 11:44:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयबाट नयाँ नोट सटही गर्दा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिने भएको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालयमा जस्तै पोखरा स्थिर प्रादेशिक कार्यालयमा पनि नयाँ नोट सटही गर्दा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिने जनाएको हो ।

राष्ट्र बैंकले भनेको छ ' पोखरा कार्यालयमा बैंकिङ इकाइअन्तर्गत विदेशी मुद्रा विक्री, सिक्का विक्री काउण्टर तथा मुद्रा व्यवस्थापन इकाइअन्तर्गत नयाँ / सुकिलो नोट सटही काउण्टरमा कारोबार गर्दा ग्राहकबाट लिनुपर्ने नेपाली रूपैयाँको लागि क्यूआर कोड (QR Code) मार्फत समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको ब्यहोरा अनुरोध छ ।'

राष्ट्र बैंकले एक जनालाइ रु १००, ५० , २०, १० र ५ रुपैयाँ दरका एक एक बन्डल नोट सटही गर्ने गरेको छ । एक बन्डलमा १०० वटा नोट रहन्छ।  यसरी नोट सटही गर्दा एक जनाले कुल १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्न पाउने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved