एकैदिन काठमाडौँबाट ११४ अन्तराष्ट्रिय उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 02:12:26 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिजो सोमबार एकै दिन अहिलेसम्मकै धेरै उडान भएको छ । उडान संख्यामा भएको रेकर्ड ब्रेकसँगै त्रिभुवन विमानस्थलबाट एकैदिन सबैभन्दा धेरै यात्रुले हवाई यात्रा गरेको रेकर्ड पनि कायम भएको छ । 

विमानस्थलका अनुसार सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ११४ उडान भएको हो । जुन एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक उडान हो ।

सोमबार ११४ उडानमार्फत १६ हजार ५०९ जनाले यात्रा गरेको एयरपोर्टले जनाएको छ । यो पनि एकै दिन काठमाडौँ एयरपोर्टबाट धेरै मानिसले हवाई यात्रा गरेको रेकर्ड हो । 

दशैँ सुरु भएसँगै हवाई उडान बढिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved