चेम्बरका वरिष्ठ उपाध्यक्षको दशैँ योजनाः विदेश नजाने, देवीका मन्दिरको दर्शन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 09:13:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल यस वर्षको दशैँ काठमाडौँमै बसेर मनाउँदैछन् । विगत वर्षहरुमा यदाकदा देशका अन्य ठाउँ र विदेश भ्रमणसमेत गरेर दशैँको बिदा मनाउने अग्रवाल यसपाली परिवार, आफन्त र दाजुभाई भेला भएर दशैँको माहोलमा रमाउने योजनामा छन् ।

सप्तमी, अष्टमी र नवमी गरी ३ दिन देवीका मन्दिरहरुमा पुगेर दर्शन गर्ने उनको योजना छ । यसपालीका दशैँमा उनले नवमीका दिन मात्रै खुल्ने तलेजु भवानीको दर्शन गर्ने योजना पनि बनाएका छन् ।

‘अरु बेला बाहिर गइन्थ्यो, यसपाली घरमै बसेर आफन्त र परिवारसँग रमाएर दशैँको खुशीयाली साट्ने योजना छ’ अग्रवालले भने, ‘सप्तमी, अष्टमी र नवमीका दिनमा देवीका मन्दिरहरुमा पुगेर दर्शन गर्छु, नवमीका दिन मात्रै खुल्ने तलेजु भवानीको दर्शन पनि गर्ने योजनामा छु । समग्रमा भन्नुपर्दा यसपाली काठमाडौँमै बसेर पारिवारिक जमघटका साथ दशैँ मनाउँछु ।’

उनका अनुसार उद्योगी व्यवसायीका लागि दशैँको बेला नै पारिवारिक र आफन्तसँग जमघट हुने उपर्युक्त समय हो । 

‘अन्य समयमा सबै जनाको एकै बेला छुट्टि हुँदैन, फुर्सद हुँदैन’ उनी थप्छन्, ‘दशैँ नै यस्तो समय हो, सबैको एकसाथ बिदा हुन्छ, सबै जना आफन्त र दाजुभाई दिदीबहिनी एकसाथ भेला हुन सक्छौँ । अरु समममा यस्तो मौका पाइँदैन, यसपाली यो मौकाको सदुपयोग गर्ने सोच छ ।’

उनका अनुसार अग्रवालका दाजुभाइहरु र आफन्तहरु सबै काठमाडौँमै छन् । बिदाको माहोल हुने भएकाले दाजुभाइ भेटघाट गरेर एक हुँदा वर्षभरीका औद्योगिक व्यवसायिक क्षेत्रका बारेमा गन्थन, मन्थन पनि हुने उनको बुझाई छ । यसले आगामी दिनमा योजना बनाउन पनि सहयोग पुग्ने विश्वास अग्रवालको छ ।

‘कम्प्लिट छुट्टीको बेला हो यो, उद्योग व्यवसाय र अन्य सबैजसो क्षेत्रमा आवद्धहरु छुट्टिको मुडमा हुन्छन्, एक खालको रिल्याक्सको अनुभूतिमा हुन्छन्’ उनी भन्छन्, ‘म पनि यसपाली कतै नगई काठमाडौँमै बसेर यसपालीको दशैँमा रमाउने योजना छु ।’


बिजपाटी डटकमले गत वर्षबाट दशैँ विशेष ‘यसपालीको दशैँ’ स्तम्भ सुरु गरेको हो । यस स्तम्भमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग  कुराकानी गरेर उनीहरुले के कसरी दशैँ मनाउने गर्दछन्, उनीहरुको योजना के छन्, भनेर उल्लेख गर्ने गरेका छौँ । यसवर्ष पनि यसैको निरन्तरता स्वरुप हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग कुराकानी गरेर ‘यसपालीको दशैँ’ स्तम्भ प्रकाशन गरिरहेका छौँः सम्पादक । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved