उपाध्यक्ष ढकालको दशैँ योजनाः वर्षभरीका उतारचढावबारे मन्थन गर्ने, टिका सकेर सिङ्गापूर जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 09:16:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल यसवर्षको दशैँको टिका लगत्तै सिङ्गापूर भ्रमणमा जाँदैछन् । व्यवसायिक काम पनि भएकाले उनी दशैँको टिका सकेर सिङ्गापूर जान लागेका हुन् । 

त्यसो त, उनको युरोपसम्म पुग्ने योजना पनि छ । ३ वर्ष कोरोनाका कारण बाहिर निस्कन नपाएको र गत वर्षपनि महासंघको चुनावी चहलपहल सुरु भइसकेकाले उनले विदेश घुम्न जाने योजना बनाउन पाएनन् । यसवर्ष पनि खासै योजना थिएन । तर, सिङ्गापूरमा व्यवसायिक काम भएकाले त्यतैबाट युरोपसम्म पुगेर फर्किने उनको लक्ष्य छ ।

‘दशैँ अगाडी चाहिँ कतै गइँदैन, टिका सकेर ठूलाबडाको आशिर्वाद थापेर यसवर्ष सिङ्गापूर जाँदैछु’ उपाध्यक्ष ढकालले भने, ‘त्यहाँ व्यवसायिक काम छ, त्यतैबाट यसपाली ४÷५ दिन युरोपसम्म पुगेर फर्किने सोच छ, हेरौँ के हुन्छ ।’

उपाध्यक्ष ढकालले टिकाको दिनसम्म परिवार र आफन्तसँग वर्षभरीका गतिविधि र उतारचढावबारे भलाकुसारी गर्ने योजना बनाएका छन् । 

‘दशैँ बिदाका बेला अहिलेको आर्थिक मन्दी र वर्ष भरीका उतारचढावबारे परिवार र आफन्तसँग भलाकुसारी गर्छु’ उनले भने, ‘दशैँ भनेको हाम्रो ठूलो पर्व हो, दशैँमा मुख्यगरी ठूलाबडाको आशिर्वाद लिने हो, भेटघाट गर्ने, रमाइलो गर्ने हो । यो बेलाको छुट्टि भनेको आफन्त र परिवारसँग भेटघाट गर्ने अवसर पनि हो ।’

उपाध्यक्ष ढकालले अहिले आर्थिक अवस्था कमजोर र एकखालको मन्दी रहेकाले यो मन्दीबाट बाहिर आउन सक्ने गरी काम गर्न सबै नेपालीलाई प्रेरित गरोस् भन्ने शुभकामना पनि दिएका छन् ।

‘अहिले देशको आर्थिक अवस्था कमजोर छ, विजयादशमीले आर्थिक समृद्धि र उन्नतिमा केन्द्रित हुन सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना दिन चाहन्छु’ उपाध्यक्ष ढकालले भने ।


बिजपाटी डटकमले गत वर्षबाट दशैँ विशेष ‘यसपालीको दशैँ’ स्तम्भ सुरु गरेको हो । यस स्तम्भमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग  कुराकानी गरेर उनीहरुले के कसरी दशैँ मनाउने गर्दछन्, उनीहरुको योजना के छन्, भनेर उल्लेख गर्ने गरेका छौँ । यसवर्ष पनि यसैको निरन्तरता स्वरुप हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग कुराकानी गरेर ‘यसपालीको दशैँ’ स्तम्भ प्रकाशन गरिरहेका छौँः सम्पादक ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved