समृद्धि फाइनान्सको दशैं अफर 'समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 11:18:16 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले बडा दशैं २०८० को उपलक्ष्यमा  'समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज' योजना ल्याएको छ । 

यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी रु. ५०० वा सो भन्दा बढी रकम टपअप गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले शत प्रतिशत क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना असोज २८ गते देखि कार्तिक ११ गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । 

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved