यसवर्षको दशैँः न पैसा छ, न ब्यापार !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 11:27:12 AM मा प्रकाशित

laxmi  sunrise bank

यसवर्षको दशैँ सुरु भइसकेको छ । काठमाडौँसहित देशका प्रमुख शहरहरुमा यसवर्ष दशैँको चहलपहल देख्न पाइएको छैन । न्यूरोड, असन, इन्द्रचोक जस्ता होलसेल बजारहरुमा दशैँ तिहारका बेला थेग्नै मुस्किल पर्ने भीड हुन्थ्यो । भीड अहिले पनि भए पनि सो क्षेत्रका व्यवसायीहरु यसपाली विगतको तुलनामा एक तिहाई पनि ब्यापार नभएको गुनासो गर्छन् । 

कोरोना भाइरसको कहरका बेलाको दशैँलाई छोडेर हेर्ने हो भने यतिबेला यतिबेला दशैँको रौनकता ह्वात्तै बढेको हुन्थ्यो । तर, अहिले दशैँको समयमा पनि बजार र ब्यापारिक केन्द्रहरु सुनसान जस्तै देखिन्छन् ।

उपभोक्ताको क्रयशक्तिमा ह्रास

दशैँ तिहारको अवधिमा खाद्यान्न, मरमसला र लत्ताकपडा बढी खपत हुन्छ । तर, यसपाली बजारमा अधिक महँगी भएकाले मरमसला र लत्ताकपडा किन्ने मानिसहरु घटेको व्यवसायीहरु बताउँछन् । महँगी नै भएपनि खाद्यान्न अत्यावश्यक भएकाले किन्नैपर्ने तर, मसला र नयाँ लत्ताकपडा भने किन्ने मनस्थितिमा उपभोक्ताहरु नदेखिएको उनीहरुको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लका अनुसार यसपाली उपभोक्ताको क्रय शक्तिमा ह्रास आउँदा बजार मागमा संकुचन आएको छ । गत वर्षबाटै संकुचन सुरु भएपनि यसवर्ष अझ बढेको उनको भनाई छ ।

‘दशैँ भन्नासाथ मिठो खाने, राम्रो लगाउने, नयाँ नयाँ वस्तुहरु किन्ने भन्ने हुन्छ, यसपाली मिठो खाने त जसोतसो होला, त्यो बाध्यता पनि पर्छ, तर कपडाको हकमा यसपाली आम उपभोक्ताहरु नयाँ कपडा नकिन्ने मनस्थितिमा रहेको पाइयो’ चेम्बर अध्यक्ष मल्ल भन्छन्, ‘कपडा चाहिँ पूरानै वा पोहोरकै लगाउँदा हुन्छ भन्ने देखियो । यो आर्थिक मन्दी अब तलसम्म पुगिसक्यो भन्ने उदाहरण हो ।  मुलुकको अर्थतन्त्र संकुचनमा छ भन्ने पर्याप्त उदाहरण हो ।’

त्यसो त, यसपाली उद्योगीहरु पनि उत्पादन कम भएकोमा चिन्तित छन् । जुत्ता चप्पल र गार्मेन्ट उद्योगहरु नयाँ सामानको माग नआउँदा उत्पादनको ३० देखि ४० प्रतिशतमा चलिरहेका छन् । विगत वर्षहरुमा चाडवाड लक्षित उत्पादनहरु बजारमा पठाउने उद्योगीहरु अहिले बजारमा माग नहुँदा चिन्तित छन् ।

‘बजारमा माग छैन, दशैँ तिहारका बेला पनि यस्तो अवस्था हुनु भनेको दुःखद हो’ एक जना जुत्ता चप्पल उद्योगी भन्छन्, ‘बजारबाट माग आएको छैन, अहिले हामी क्षमताको ३० प्रतिशतमा चलिरहेका छौँ, उद्योग बन्द छैन भन्ने देखाउन मात्रै चलाइरहेका छौँ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved