लक्ष्मी पूजाको दिनमा पनि छैन फूल व्यापार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 12:58:59 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहार नजिकिएसँगै फूल बिक्रि गर्ने ठाउँ पनि बढेका छन् । व्यवसायिक रुपमा पुष्प व्यवसाय गरिरहेकाहर पनि आफूले उत्पादन गरेका फूलहरु टिपेर बिक्रि गर्न व्यस्त छन् । तर, अहिलेको समयमा दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले फूलको व्यापार नभएकोले किसानहरु निराश देखिएका छन् । 

जसोतसो फूल बिक्रि भएपनि उचित मूल्य नपाएको फूल व्यवसायीको गुनासो छ । व्यवसायीले फूल खेती गर्नको लागि भाडामा लिएको जमिनको भाडा पनि तिर्न नसक्ने स्थिथि रहेको गुनासो गर्दै आएका छन् । 

फूलको उत्पादन नराम्रो भएको हैन, राम्रै भएको छ । तर उचित बजार नपाउँदा फूलेको फूलपनि बारीमै ओइलाउने सम्भावना रहेको किसानहरुको भनाई छ । 

कुनै ठाउँमा किसानले बजार नपाए पनि कुनै ठाउँमा भने किसानलाई फूल टिपेर माला बनाउन हम्मे हम्मे परेको छ । तिहार नजिकिएसँगै दाङका फूल व्यावसायीहरु फूलको माला बनाएर शितभन्डारमा राख्ने तरखरमा छन् । उनीहरुलाई अन्य जिल्लाबाट पनि फूलको मालाको माग आईरहेको छ । 

अहिले काठमाडौँमा पनि फूलको बिक्रि बढेको छ । जताततै फूलका माला र गुच्छाहरु देख्न सकिन्छ । आज लक्ष्मी पूजा पनि भएको हुनाले चारैतिर फूको व्यापार मात्र देख्न सकिन्छ । 

चारै तिर बिक्रिका लागि राखिए पनि व्यवसायीहरु फूलको बिक्रि कम हुँदा निराश देखिएका छन् । फूलको उत्पादन बढी भएकाले यसपाली फूलको व्यापार नभएको नक्सालस्थित तरकारी बजारभित्र फूल बिक्रि गर्न बसेका एक जना व्यवसायीले बताए । बजारमा प्राकृतिक फूल भन्दा पनि कृतिम फूलको बढी प्रयोग हुने गरेको र भारतबाट पनि अवैध रुपमा फूलहरु आउने भएकाले फूलको बिक्रि घटेको उनको अनुमान छ । 

सरकारले कृत्रिम फूलको प्रयोगमा प्रतिबन्ध लगाउने र भारतबाट आउने फूललाई रोक लगाउने हो भने नेपालमा उत्पादन भएको फूलले राम्रो बजार पाउने व्यापारीको भनाई छ । 

यो वर्ष गत वर्षको तुलनाको मूल्य धेरै सस्तो हुँदापनि फूलको बिक्रि घटेको व्यवसायीहरु बताउँछन् । काभ्रेबाट फूल ल्याएर काठमाडौँमा व्यापार गर्दै आएका एक फूल व्यवसायीले विहानदेखि दिउँसोसम्म जम्मा ५ झुप्पा फूल बेचेको बताएका छन् । एउटा झुप्पाले ५ ओटासम्म माला हुने गर्छ । फूलको यस्तो व्यापार देखेर फूल धेरै बिक्रि नहुने उनले अनुमान गरेका छन् । उनीसँग अझै ७० झुप्पा फूल बिक्रि हुन बाँकी छ ।

अहिले एउटा सयपत्री फूलको मालाको मूल्य ३० रुपैयाँ छ । अघिल्लो वर्ष यहीँ माला प्रतिगोटा १५० रुपैयाँ सम्ममा बिक्रि गरेको व्यापारीहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved