तिहारको चौथो दिन आज गोवद्र्धन पूजा र हली तिहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2023 | 09:47:37 AM मा प्रकाशित

laxmi  sunrise bank

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा गरि मनाइँदैछ । आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी उनीहरुलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाउने चलन छ । 

आज घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रीहरु बताउँछन् । 

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरुप पूजा गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौं बलि राजाले पठाए’ भनेर भट्याउने चलन बसेको विश्वास गरिन्छ । 

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा खानेकुरा दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने गरिन्छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved