मञ्जुश्री फाईनान्सको टाँडी शाखाबाट कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 04:12:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्स Manjushree Finance ले चितवनको टाँडीमा शाखा सञ्चालनमा ल्याएको छ । फाईनान्सका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका छन् । 

यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, पर्सावजार, ईनरुवा, झुम्का वजार र विराटचोकमा २० वटा शाखा रहेका थिए भने अव थप १ सहित शाखा संख्या २१ पुगेको छ । 

२०७८ साल आश्विन मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले १०.७७ अर्व निक्षेप संकलन गरि ८.५८ अर्व कर्जा परिचालन गरेको छ  । 

फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएटि सेवा पनि दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved