महासंघको एसोसिएट्स तर्फको केन्द्रिय सदस्यमा पौडेलको उम्मेदवारी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 10:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सेयरबजारमा ठुला लगानीकर्ताको रुपमा आफ्नो पहिचान बनाएका अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन्। 

पौडेलले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका एसोसिएट्स तर्फका उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्यानलबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका हुन्। 

उद्योगी तथा व्यवसायीहरुको बाहुल्यता रहेको महासंघमा मुद्रा तथा पूंजीबजारको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने उदेश्यले आफुले आसन्न निर्वाचनमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएको उनले बिजपाटीसँगको कुराकानीमा बताए। 

महासंघका धेरै उद्योगी तथा व्यवसायीहरुको लगानीको थलो सेयरबजार भएपनि सेयरबजारबारे कुरा गर्ने थलोको रुपमा महासंघ बन्न नसकेको बताउदै बिभिन्न बिषय उठानका लागि आफुले महासंघ र सेयरबजारमा पुलको काम गर्ने उनले बताए। 

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष समेत रहिसकेका पौडेल बिगत २५ बर्षदेखि सेयरबजारसँग प्रत्यक्ष रुपमा जोडिएका छन्। सेयरबजारको विकास तथा विस्तारका लागि नियामकीय निकायलाई सल्लाह सुझाव दिने तथा बजारको गतिलाई नजिकबाट हेरेर त्यसको सहि विश्लेषण गर्ने व्यक्तिको रुपमा पौडेललाई लिइन्छ। 

निजामति कर्मचारीका रुपमा काम गरेको अनुभव समेत रहेका पौडेलले नियामकिय निकाय तथा सरकारसंग निती तथा कार्यक्रम तर्जुमा गर्नलाई पुलको काम गर्न सक्ने व्यक्तिको रुपमा समेत लिइन्छ। 

पौडेल चन्द्रागिरी केबल कार संचालन गरिरहेको चन्द्रागिरी हिल्सका संचालक समेत हुन्। पौडेलसँग बिभिन्न बैक तथा वित्तीय संस्थाको संचालक तथा जिम्मेवार पदमा रहेर काम गरेको अनुभव छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved