लघुवित्त इतिहासमै कालोदिन :प्रहरीकै अगाडी तोडफोड, आइसीयु मै पुग्नेगरि महिला कर्मचारीमाथि कुटपिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2024 | 06:40:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरी स्थित महुली लघुवित्तमा बिहिबार दिउँसो घटेको घटना सम्भवत: लघुवित्त क्षेत्रमै बिर्सिन लायक घटना साबित भएको छ। बिरोधको नाममा भएको घटना महिला कर्मचारी माथी हातपात,अभद्र व्यवहार साथै   सामुहिक  लुटपाटको प्रयासमा पुग्दा अवस्था चिन्ताजनक मात्र नभई खेदजनक बन्न पुगेको छ।

घटना बिहिबार दिउँसो करिब साढे एक बजे तिरको हो। महुली लघुवित्त बित्तिय संस्थाको शाखा कार्यालयमा तालाबन्दी गर्न हिडेको करिब एक सय जनाको 'समुह' त्यहाँ नजिकैको शाखा कार्यलय मोडियो।   उक्त 'समुह' हातमा ढुंगा, केहि थान लाठि र भाटा तथा केहि धारिला हतियार बोकेर दुई बजेतिर महुली लघुवित्तको केन्द्रिय कार्यालय नजिक रहेको शाखा कार्यालय पुग्यो। 

बन्द भएको पाएपछि कार्यालयको ढोका खोल्न खोजियो तर खुलेन। सुरक्षा दिनलाई उक्त शाखा कार्यालय पुगेका नेपाल प्रहरी र शसत्र प्रहरीले सम्बादको लागि ढोका खोल्न त्यस शाखाका कर्मचारीलाई आग्रह गर्छन। तर शाखाका कर्मचारीले कार्यालयको ढोका खोल्दैनन। 

अन्तत: हातमा लाठि भाटा र केहि धारिला हतियार बोकेको उक्त समुहले झ्याल ढोका फोड्न सफल हुन्छ र शाखा कार्यालय प्रवेश गर्छन। त्यसपछि सुरु हुन्छ, लघुवित्तको इतिहासमै विर्सिन लायक घटना।

शाखा कार्यालयको माथिल्लो तलाको ढोकामा चुकल लगाएर बसेका पुरुष कर्मचारीमाथि उक्त समुहमा आएका केहि व्यक्तिले लाठि भाटा र मुक्का बजार्छन। त्यतिमात्र नभई त्यहाँ कर्मचारीको रुपमा कार्यरत महिला कर्मचारी  (नाम उल्लेख नगरिएको) माथि उक्त समुहका पुरुष आन्दोलनकारीले हातपात मात्र नभई अभद्र व्यवहार गर्छन। 

प्रत्यक्षदर्शी भन्छन - उक्त समुहका पुरुषहरु ती महिला कर्मचारी बसेको कोठामै पुगेर हातपात गरे, कुट्नुसम्म कुटे। आक्रोश यस्तो थियो कि मिल्ने भए महिलामाथि अरु नै व्यवहार गर्थे तर कुटपिट र अभद्र व्यवहार गरे। ती महिला कर्मचारीलाई बिहिबारदेखि शुक्रबार बेलुकासम्म स्थानीय अस्पतालमा आइसीयुमा राखिएको छ। ती महिला कर्मचारी अझैं पनि अचेत जस्तै अवस्थामा छिन। ती महिला कर्मचारीको साथमा रहेको नगद १७ हजार रुपैयाँ समेत खोसिएको छ। 

उक्त समुहले त्यस दिनको घटनाको बलमा महुली लघुवित्तमाथि केहि जबर्जस्त सर्त तेर्स्याए। ६०-७० दिनसम्म सदस्यहरुबाट किस्ता उठाउन नपाउने, लघुवित्तले आफ्ना सदस्यलाई फोन सम्पर्क गर्न नपाउने जस्ता सर्त राखेर सम्झौताको प्रयास गरीए। तर आफुहरु नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था भएकाले राष्ट्र बैंकको नीति नियम र निर्देशन भन्दा बाहिर गएर काम गर्न नसक्ने महुली लघुवित्तले जवाफ दिएपछि जबर्जस्त गर्न लागिएको सम्झौता पनि भएन। 

यस घटनालाई लिएर महुली लघुवित्तले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएको छ भने यस घटनाको बिरोधमा नेपाल लघुवित्त बैंकर्स संघले एक थान विज्ञप्ती सार्वजनिक गरेको छ। 

यता यस घटना घटाउने समुहको नेतृत्त्व गरिरहेको 'लघुवित्त तथा वित्तिय शोषण बिरुद्दको संघर्ष समिति नेपाल' ले पनि यस घटनाबारे बिज्ञप्ती निकालेको छ। जहाँ लघुवित्तमाथि आफ्ना सदस्यहरुलाई कालोसूचीमा नाम निकालेको, धितोलिलाम गरेको, पानि धारा काट्ने लगायतका धम्कि दिएको, जिउंदै मृत्यु दर्ता मागेको जस्ता आरोप लगाएको छ। 

यो घटनाबारे फरक फरक टिकाटिप्पणी भईरहेका छन्। प्रहरी प्रशासनले घटना सामान्य भएको प्रतिकृया दिएको छ भने महुली लघुवित्तका प्रतिनिधिहरुले भने घटनालाई अराजकताको संज्ञा दिएको छ। 

बिहिबार दिउँसोको घटनाका फोटो, भिडियो र सिसिटिभी फुटेज हेर्दा एक सामान्य मान्छेले पनि त्यहाँ कहालीलाग्दो र डरलाग्दो रुपमा घटना घटेको छ भन्न सक्छ। तर त्यहाँको स्थानिय प्रशासनले यो घटनालाई सामान्यीकरण गर्न खोजेको त्यहाँका स्थानियबासि तथा लघुवित्तकर्मिको आरोप छ। 

घटनाको जड 

कर्जा लिएको समुहका केहि दिदिबहिनिले घटना हुनुको अघिल्लो दिन बुधबार समुहका महिलाहरुलाई भेट्न पुगेका लघुवित्तका कर्मचारीलाई संघर्ष समितिमा लागेकी महिलाबाट पनि कर्जा अशुल्न आग्रह गरे। सोहि आग्रहअनुसार बाटो परेको बेला महुली लघुवित्तका कर्मचारी ती महिलाको घर पुगे। आफु संघर्ष समितिमा लागेकाले आफुसंग कर्जा असुल्न नआउँनलाई ति महिलाले भनिन। आफु कर्जा अशुल्न नभई बाटो परेकोले भेटेको जवाफ कर्मचारीले दिए।  

तर भोलिपल्टै अर्थात घटना भएकै दिन बिहिबार महुली लघुवित्तको केन्द्रिय कार्यालय नजिकैको चोकमा एक दुई गर्दै सय हाराहारीमा मानिसहरु इट्टा, लाठि भाटा र केहि धारिला हतियार सहित जम्मा भए। बिहिबार करिब दिनको एक बजेर केहि मिनेट जाँदा त्यहाँको स्थानीय प्रहरीले महुली लघुवित्तका एक कर्मचारीलाई फोन मार्फत लघुवित्तबाट असन्तुष्ट समुह शाखा कार्यालयमा तालाबन्दीको लागि आउँन लागेको र त्यसबारे थाहा भएनभएको जानकारी लियो। 

लघुवित्त खारेजीको माग गर्दै करिब ३ वर्षदेखि गुल्मीबाट सुरु भएको लघुवित्त बिरोधि आन्दोलन अहिले सरकारसंग सम्बादको क्रममा रहेको छ। 'लघुवित्त तथा वित्तिय शोषण बिरुद्दको संघर्ष समिति नेपाल' संग नेपाल सरकारले ६ बुंदे सहमति गरेको छ। त्यसयता सम्बाद र छलफलबाटै समाधान निस्किने अपेक्षा गरिएकोमा सप्तरीमा भएको यो दुखद घटनाले अवस्था र परिस्तिथि नियन्त्रण बाहिर जान सक्ने संकेत गरेको छ।

शाखा कार्यालय हुनुपर्नेमा अन्यथा भएकोमा क्षमाप्राथी छौं - सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved