प्राविधिक कमजोरीका कारण शीत भण्डारमै कुहिए सुन्तला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 08:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ जैसीडाँडास्थित स्याङ्जा शित भण्डार सहकारीद्वारा संचालित शीत भण्डारमा राखिएका सुन्तला कुहिएका छ्न्।  पुतलीबजार नगरपालिका, पालिका भित्रका सहकारी र संघीय मन्त्रालयको सहयोग संचालन गरिएको उक्त कोल्ड स्टोरमा किसानको २० प्रतिशत सुन्तला कुहिएर नष्ट भएको हो । 

पालिकामा एक वर्ष अघिबाट सुरू गरिएको उक्त सुन्तला कोल्ड स्टोर १२ सय टन क्षमताको रहेको थियो । कोल्ड स्टोर संचालक र किसानहरुको लापरबाहीका कारण नै सुन्तलाहरु कुहिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख माधव लम्सालले बताए । 

उनले भने, “पहिला कोल्ड स्टोरमा सुन्तला राख्ने चलन थिएन । नयाँ कोल्ड स्टोर संचालन गरेको हो । गतवर्ष पनि २० टन सुन्तला भण्डारण गरिएकोमा आधाजसो कुहिएका थिए । फल टिप्दा, भण्डारण गृहसम्म ल्याउँदा र भण्डारणमा राख्दा विशेष सुरक्षासहित ध्यान दिन पर्नेमा सो नपुगेका कारण फल बिग्रन थालेको हो ।’’

लम्सालले विगतका वर्षमा भन्दा झण्डै तेब्बर मात्रामा सुन्तला फलेका र भण्डारण गर्ने समेत ब्यवस्था भएकाले यहाँका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेको बताए । 

नगरपालिकाका किसानहरुले कोल्ड स्टोरमा राख्दा उनीहरुले पैसा तिर्न पर्ने थियो अब क्षतिपूर्ति उनीहरुको बाँकी सुन्तला नि:शुल्क राख्ने लम्सालले बताए । त्यस्तै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीललाई भने सुन्तला कुहिएको विषयमा  त्यति धेरै जानकारी नभएको बताए । उनले भने, “कोल्ड स्टोरको पनि लापरबाही भएको होला । यसको बारेमा मैले पनि त्यति जानकारी पाएको छैन । बल्ल हिजो यो कुरा बाहिर आयो । सात हजार क्यारेट सुन्तला किसानहरुको त्यहाँ राखेको सुनेका छौँ ।’’

सुन्तला सुपरजोनका अध्यक्ष तारा अर्यालका अनुसार कोल्ड स्टोरमा सुन्तला कुहिनुमा किसान र कोल्ड स्टोर संचालक दुबैको लापरबाही रहेको छ । कोल्ड स्टोर व्यवस्थापनको बारेमा केही ज्ञान नभएको मान्छेलाई त्यहाँको व्यवस्थापन गर्न राख्दा नै सुन्तलाको क्षति हुन पुगेको अध्यक्ष अर्यालले बताए । उनले भने, “त्यहाँ सुन्तलाको हेरचाह गर्नको लागि एक जना मान्छेलाई राखेका थिए । उनीलाई त्यसबारे त्यति धेरै जानकारी थिएन । अब त्यसमा बत्तीदेखि प्रविधिको विषयमा राम्रो ज्ञान हुनुपर्छ । अर्को कुरा किसानहरुले कोल्ड स्टोरमा राख्दा घाउ, चोट भएका सुन्तला राख्नु हुदैँन तर किसानहरुले त्यसको बारेमा ख्याल नगरि राखिदिए ।’’ 

स्याङ्जा शीत भण्डार सहकारीका अध्यक्ष अनन्त कुमार श्रेष्ठले भने , " कोल्ड स्टोरमा सुन्तला १०- ३० प्रतिशत सम्म सुन्तला कुहिएको साँचो हो। हाम्रो तर्फबाट कुनै प्राविधिक त्रुटि भएको छैन। गत वर्ष सुन्तला र यो वर्ष आलु सफलतापूर्वक राखेका थियौं। तर यो वर्ष अलिक बढी कुहियो।के कारणले कुहिएको हो भन्ने विषयमा विज्ञको टोलीले अध्ययन अनुसन्धान गरिरहेको छ। नतिजा आइसकेको छैन।" 

यता सुन्तला राखेको डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन थालेपछि किसानमा चिन्ता थपिएको छ। बेमौसममा राम्रो पैसा लिन सकिने जनाउँदै यहाँका किसानले सुन्तला शीत भण्डारण गरेका हुन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved