गल्याङ नगरपालिकाका तत्कालिन नगरप्रमुखसहित ५ पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 23, 2023 | 11:08:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीउ खरिदमा अनियमितता गरि भ्रष्टाचार गरेको आरोपमा गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारीसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अधिकारीको कार्यकालमा नगरपालिकाबाट भएको अदुवाको बीउ खरिदको लागत अनुमान प्रचलित कानून बमोजिम  नदेखिएको, बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी र कर्मचारीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

विगो असुल उपर गर्न माग गर्दै विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। उनकाअनुसार दायर मुद्दामा दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा मनासिव कारण विना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई व्ययभार पारिएको उल्लेख छ। 

दायर मुद्दामा, "नगरपालिकालाई रु.१३ लाख  थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (घ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले तत्कालीन नगर प्रमुख भुपराज अधिकारीलाई रु. १३ लाख रुपैयाँ बिगो कायम गरी ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो वमोजिम जरिवाना गरीपाउँ" भनिएको छ। 

यसैगरी गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाबिरुद्द पनि मुद्दा दायर गरिएको छ। 

उनीहरुमाथि स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक पटक रु.२करोड १४ लाख ५० हजार भुक्तानी दिएर आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरेको आरोप छ।  

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजहरु विरूद्ध मुद्दा  दायर गरिएको अख्तियारले जनाएको छ। निजहरूबाट १ करोड ९७ लाख  ७० हजार ४ सय ९९ रूपैयाँ असुल उपर र भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद  माग गर्दै मुद्दा  दायर  गरिएको छ।

साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि., तीनकुने, काठमाडौं र उक्त प्रा.लि.का अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेमाथि पनि मुद्दा दायर गरिएको छ। उनीमाथि अदुवाको बीउ आपूर्ति गर्दा गुणस्तरीय एवं स्पेशिफिकेशन अनुसारको अदुवा बीउ गानो आपूर्ति गर्नुको सट्टा अन्य गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरेको आरोप छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि., तीनकुने, काठमाडौं र उक्त प्रा.लि.का अख्तियारप्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेलाई अग्रीम आय करबापत कट्टा गरिएको घटाई कायम हुने रु. २ करोड १० लाख ७० हजार ४ सय उनान्सय रुपैयाँ बिगो कायम गरी ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत गर्न  विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved