साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । आईतबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदी ५ रुपैयाँले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसाय महासंघले. छावापाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ३ सय ५५ रुपैयाँ, तेजावी सुन ४८ हजार १ सय रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।