साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । सुन प्रति तोला ४ सय रुपैयाँले घटेको छ भने चाँदीमा १० रुपैयाँ घटेको छ ।
छावापाला सुन प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । साथै सुन प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ९ सय ८५ रुपैयाँ, तेजावी सुन ४९ हजार ७ सय ३० रुपैयाँ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य कायम गरेको छ ।