साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार १० रुपैयाँ, तेजावी सुन ५० हजार ७ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।