आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार तोलामा ६ सय रुपैयाँले सस्तो हुँदै ७० हजार ७ सय रुपैयाँमा झरेको छ । आज तेजावी सुनपनि तोलामा ६ सयले सस्तिदै प्रतितोला ७० हजार ४ सय रुपैयाँमा किनबेच भईरहेको छ ।
चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर ८५५ रुपैयाँ कायम भएको छ ।
महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६० हजार ६१५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ३६० र प्रति १० ग्राम चाँदीको मूल्य ७३३ रुपैयाँ कायम गरेको छ ।