आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ७१ हजार ५ सय कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर ७१ हजार ६ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा १ सयले नै बढेर ७१ हजार ३ सयमा पुगेको छ ।
चाँदीको भाउ भने आज स्थिर छ । चाँदी प्रतितोला ८५० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार ३ सय ८५, प्रति १० ग्राम तेजावी सुनको भाउ ६१ हजार १३० र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।