अमेरिका र इरानबीचको तनावका कारण सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ७४ हजार ५ सय पुगेको छ ।
यसअघि गत भदौ १८ गते सुनको भाउ ७३ हजार ५ सय पुगेको थियो । यसअघि मंगलबार ७३ हजार ५ सयमा नै पुगेको सुनको भाउ आज शुक्रबार नयाँ उचाईँमा पुगेको हो । शुक्रबार तेजाबी सुन पनि तोलामा १ हजारले बढेर ७४ हजार २ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार चाँदी पनि १० रुपैयाँले बढेर तोलाको ९ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको भाउ ६३ हजार ८७०, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६३ हजार ६१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७७१ रुपैयाँ ५० पैसा तोकेको छ ।