इरान र अमेरिका विवादको असर सुनमा, बनायो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 11:53:30 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनको मुल्य नयाँ उचाईमा पुगेको छ। निरन्तर उकालो लागेर हालसम्मकै उच्च भाउमा पुगेको छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मध्यपूर्वमा इरान र अमेरिकाबीचको विवादले केहिदिन यता सुनको मुल्य बढेर नयाँ रेकर्ड कायम हुन् थालेको छ। उक्त विवादका कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि त्यसको असर देखिएको हो। अन्तराष्ट्रिय बजारमा सुनको भाउ २० डलरले बढेर प्रतिआउन्स १५९५ अमेरिकी डलर पुगेको छ। 

अघिल्लो दिन अर्थात पुस २२ गते मंगलबार सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ७५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चांदी तोलामा २० रुपैयाँले बढेर प्रति तोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved