साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ बढेको छ । आज छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ७५ हजार ३ सय पुगेको छ । आज तेजावी सुन पनि तोलामा ३ सयले नै महँगो हुँदै ७५ हजार रुपैयाँ पुगेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढे ८९५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार ५६०, प्रति ग्राम तेजावी सुनको भाउ ६४ हजार ३०५ र प्रति १० ग्राम चाँदीको मूल्य ७६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।