आज शुक्रबार पनि सुनको भाउ नयाँ उचाईँमा पुगेको छ । मंगलबार, बुधबार र बिहिबार निरन्तर नयाँ उचाईमा पुगेको सुनको भाउले आज फेरि रेकर्ड तोडेको हो ।
बिहिबार ७७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७८ हजार १ सय पुगेको छ । आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ७७ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भने ९१५ रुपैयाँ प्रतितोलामा स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६६ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।