आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ८ सय रुपैयाँले घटेर आज १ लाख १ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।
तेजावी सुनपनि आज तोलामा ८ सय रुपैयाँले नै घटेर १ लाख १ हजार १ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ भने आज मांगलबार ४० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८६ हजार ६४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ३० रुपैयाँ कायम गरेको छ