तोलामा ८ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2022 | 10:53:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार २ सय रुपैयाँमा आइपुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सय रुपैयाँले नै घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ६ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved